जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
काठमाण्डु- जनमत पार्टीले विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउनु अघि पार्टीले काठमाण्डुको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। तराई–मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको विरोध प्रदर्शनपछि पार्टीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
