SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १९ गते सम्बोधनकै क्रममा दिएका अभिव्यक्तिप्रति असहमति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई बोल्न समय दिएका थिए । सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखेका छन् ।