SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्कको आपत्ति, तथ्यगत पुष्टि गर्न माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त अभिव्यक्तिको तथ्यगत पुष्टि गर्न प्रधानमन्त्री स्वयंलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको भनाइ विवादास्पद भएको भन्दै त्यसबारे स्पष्टता आवश्यक रहेको बताए ।