SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

१५ मिनेटका लागि रोकिएको संसद बैठक एक घण्टासम्म बस्न सकेन

काठमाडौं । विपक्षीहरुको विरोधपछि स्थगित प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि करिब १ बजे बसेको थियो । तर विपक्षीहरुले पूर्ववर्ती माग अनुसार विरोध जनाएपछि १ बजेर ३३ मिनेटमा बैठक स्थगित गरिएको थियो ।