नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, पुरुषको सङ्ख्या बढी
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको पाइएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रिया गरिएका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको हो ।
