हङकङले नेपाललाई दियो १८९ रनको विजयी लक्ष्य
काठमाडौं : एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङले नेपाललाई १८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरको सिंगा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १८८ रन बनाएको हो। हङकङको लागि ओपनर ब्याटर अन्सुमन राथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरे। चौथो विकेटका लागि अन्सुमनले विकेट किपरब्याटर साहिद वासिफसँग ८४ रनको साझेदारी बनाए। सुरुवाती २ विकेट सस्तैमा गुमाएको हङकङका लागि अन्सुमनले एकतर्फबाट पारी सम्हाले।
