SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरूसँग थप छलफल हुन्छ: कविन्द्र बुर्लाकोटी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरूसँग थप छलफल हुने बताएको छ । सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।