एमालेको अडान– ‘प्रधानमन्त्रीले माफी नमागेसम्म संसद अघि बढ्दैन’
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा नेपाल भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि नबढाउन माग गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाइन् ।
