SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले कि प्रमाण देखाउनुस्, कि माफी माग्नुस् : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने आफूहरूको माग रहेको उनले स्पष्ट पारे।