SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

विपक्षीको विरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले आज पनि विरोध जनाएका छन् । करिब एक सातापछि सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले अवरोध सिर्जना गरेका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद बैठक चल्न नदिने अडान कायम राखेपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।