SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठकमा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको जवाफको माग यथावत्

प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै कार्यसूची अघि बढ्न नदिएको स्थिति देखिएको छ। प्रधानमन्त्री बालेन शाहको कथित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले निरन्तर रूपमा संसद् अवरोध गर्दै आएको पृष्ठभूमिमा आजको बैठक पनि प्रभावित बनेको हो।