प्रतिनिधि सभाको बैठक : के गर्दैछन् विपक्षी दल (Live)
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकको कार्यसूचीमा प्रवेश गर्न बाँकी छँदै विपक्षी दलले अवरोध गरेका छन्।पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नियमावली पारितको विषयलाई लिएर अवरुद्ध भइरहेको छ। जसका कारण बजेटमाथि छलफल प्रारम्भ नगरी झण्डै एकहप्ता बैठक स्थगित गरिएको हो। विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित भएर अभिव्यक्तिको तथ्य माग र बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने नत्र सदन चल्न नदिने अडान कायम राखेका छन्।
