रवि लामिछानेको प्रस्ताव : सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिका बारेमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव गरेका छन् । आज बसेको सर्वदलीय बैठकमा उनले प्रधानमन्त्री बालेनले संसद्मा जवाफ नदिने जानकारी दिएका हुन्।एमालेका प्रमुख सचेतक ऐन महरले रास्वपाले दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको बताए। उनले आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने जानकारी गराए।
