SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

फुल्चोकी क्षेत्र भ्रमण गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं । ललितपुरको फुल्चोकी क्षेत्रमा भ्रमणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दो छन् । तर साथैमा घुम्न जानेहरुले बाटो भुलेर हराउने तथा सम्पर्कविहीन हुने घटनाहरु समेत घटिरहेका छन् । धेरै जसो व्यक्तिहरु बाटो भुलेर हराउने र प्रहरीले खोजतलास गरी उद्धार गर्ने गरेको पाइन्छ ।