प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई राजेन्द्र लिङ्देनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् । आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए ।
