चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु
काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम आइतबारदेखि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सुरु भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको तालिम जेठ २७ गतेसम्म चल्नेछ। चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि, समीक्षात्मक लेखनको क्षमता विकास तथा चलचित्रका विविध पक्षबारे पत्रकारहरूलाई व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा २५ जना चलचित्र पत्रकारहरूको सहभागिता रहेको छ। तालिममा चलचित्रकर्मी तथा प्रशिक्षक राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारी ले प्रशिक्षण प्रदान गर्नेछन्।
