हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ । लिमी उपत्यका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी तेन्जिन नुर्वु लामाले बताए । हिउँदयाममा बाक्लो हिमपातले बन्द भएको रिसोर्ट वर्षायाम सुरु भएपछि पुनः सञ्चालनमा आएको हो ।
