SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

महोत्तरीको पोखरभिण्डाबाट हराएका तीन वर्षीय बालकको शव पोखरीमा फेला, हत्याको आशङ्का

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका तीन वर्षीय बालकको शव आज पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर आफ्नै घर छेउमा खेलिरहेका रोहीत यादवका छोरा मनिकेश यादव अचानक हराएका थिए ।