सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ, किम जोङले गरे स्वागत
काठमाण्डु– चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया पुगेका छन् । सि र उनकी पत्नी पेङ लियुआनलाई कोरियाका प्रमुख नेता किम जोङ उन र उनकी पत्नी री सोल जुलेले स्वागत गरेका छन् । सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको भिडियोमा उनीहरू ताली बजाउँदै र मुस्कुराउँदै स्वागत गरिरहेको देखिन्छ।
