लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच जना मन्त्रीले लिए शपथ
काठमाण्डु – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।
