SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता

म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।