फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
एजेन्सी । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।
