SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नृसिंहधाम : प्रकृतिको काख, धार्मिक साख

नेपालको राजधानी काठमाडौंबाट करिब १२० किलोमिटर उत्तर–पश्चिम, धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा बुढीगण्डकी र नेत्रावती नदीको संगममा श्री नृसिंहधाम अवस्थित छ। यस पवित्र भूमिमा भक्तशिरोमणि प्रह्लादले तपस्या गरी भगवान् श्री नृसिंहदेवको दर्शन पाएको किंवदन्ती छ। धादिङ जिल्लाको सल्यानटार आफैंमा पनि ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक रूपमा महत्वपूर्ण स्थान हो।