SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ १०:३८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीको आरोप : संसद् अवरुद्ध गर्नेहरू लोकतन्त्र र संविधान विरोधी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र संसदीय व्यवस्थालाई मान्यता नदिनेहरूकै कारण संसद् अवरुद्ध भइरहेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अराजकतावादी र राजतन्त्र चाहनेहरू संसदमा अवरोध सिर्जना गरिरहेको दाबी गरे ।