SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा झरेको छ । त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।