SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

माडीमा प्लास्टिकका कप, प्लेट र गिलास बिक्रीमा प्रतिबन्ध

चितवन । चितवनको माडी नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य सामग्री बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा तथा अन्य सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ। नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले प्लास्टिकजन्य सामग्री व्यवस्थापनका लागि दिइएको समयसीमा सकिएकाले यसपछिको बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार