SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।