राष्ट्र बैङ्क ऐन संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै
काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क ऐन (तेस्रो संशोधन) विधेयक’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकको सुरुमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको बेहोरा जानकारी गराउनेछन्।
