विश्वकप २०२६ को संघारमा अमेरिकामा गोलीकाण्ड: इङ्ग्ल्यान्डको अभ्यास केन्द्र नजिकै नौ जना घाइते
काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुन केही दिन मात्र बाँकी छँदा अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा गोलीकाण्ड भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त हिंसात्मक घटनामा परी नौ जना मानिस घाइते भएका छन्।
