SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

थारु आयोगकी सदस्यले कार्यवाहक अध्यक्षलाई कार्यालयभित्रै थुनिन्

काठमाडौं । थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीसम्बन्धी विवाद चर्किदा उनले कार्यवाहक अध्यक्षलाई कार्यकक्षभित्रै थुनिदिएकी हुन् ।   एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्षले रोकेपछि उनले कार्यालयको ढोकामा बाहिरबाट ताला लगाइ दिएकी हुन् ।