इजरायली दाबीको लेबनानी शहर मघदुशेद्वारा खण्डनः ‘हाम्रो शहर हतियारमुक्त र शान्त छ’
एजेन्सी । दक्षिण लेबनानको मघदुशे सहरका बासिन्दाहरूले आफ्नो क्षेत्रमा हिजबुल्लाहका हतियारहरू रहेको भन्ने इजरायली दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । आईतवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै स्थानीय बासिन्दाहरूले मघदुशे एक शान्तिपूर्ण सहर भएको र त्यहाँ कुनैपनि सैन्य गतिविधि नभएको स्पष्ट पारेका हुन् ।
