SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

रविलाई राजेन्द्र लिङदेनको सुझाव : वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलामा संवेदनशीलता अपनाउन सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् । सोमबार रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्तो धारणा व्यक्त गरेका हुन् ।