SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ११:११ AM · 1 मिनेट पढाइ

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

काठमाडौं । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै तनहुँ प्रहरी कार्यालयले थप विवरण आउन बाँकी रहेको जनाएको छ।