SHARE
Kalo Pati · सोमबार २५ जेठ २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल जेठ ३१मा चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ । असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।