रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय विजयी
गोदावरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित भएका हुन् । सभापतिका उम्मेदवार महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरे । उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् ।
