रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी [विवरणसहित]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ । पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिए । उनका अनुसार बाँकी १२ जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको छ ।
