अन्तर्राष्ट्रिय आइटी प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत
विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तरराष्ट्रिय प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्टभित्र पर्न सफल भएका हुन् ।
