ऐना पहरा दुर्घटना अपडेट : सात जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पाँच जना घाइतेलाई उपचारका लागि आंबुखैरेनी अस्पतालमा लगिएको छ भने गम्भीर घाइते दुई जनालाई भरतपुर रेफर गरिएको सशस्त्र प्रहरकिा सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
