SHARE
कालिका खबर · सोमबार २५ जेठ २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा क्षेत्री विजयी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन्। सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन्। पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजंग बस्नेत विजयी भएका छन्।