SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

अवैध बाटोबाट युरोपको प्रलोभन, अपहरणदेखि मृत्युका घटनासम्म

काठमाडौं : मोरङको लेटाङका २६ वर्षीय निषेश मगर सन् २०१७ को नोभेम्बरमा भिजिट भिसामा टर्की पुगे। तीन महिनासम्म काम नपाएपछि उनले इटाली जाने तयारी गरे। त्यसै क्रममा उनले इजरायलमा रहेकी आमा मधु लिम्बूलाई फोन गर्दै ६ हजार अमेरिकी डलर पठाइदिन आग्रह गरे। आमाले मोरङ उर्लाबारीका राजकुमार लिम्बूको नाममा करिब ७ लाख रुपैयाँ जम्मा गरिदिइन्। पैसा पठाएको केही दिनपछि निषेशले आमालाई अन्तिम फोन गरे। ‘आमा, म पानीजहाज चढेँ, उता पुगेपछि फोन गर्छु। बाई।’त्यो नै मधुका लागि छोराको अन्तिम आवाज बन्यो।