रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठक सुरु, गगन, ओली र प्रचण्ड अनुपस्थित, हर्कले गरे बहिष्कार
काठमाण्डु – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बसिरहेको छ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका शीर्ष नेता सहभागी भएका छैनन् ।
