समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा यो बैठक बसेको हो । उनले देशको अहिलेको राजनीतिक अवस्थाबारे छलफल गर्न संसदमा रहेका सबै दललाई बोलाएका थिए । बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा भइरहेको छ ।
