अन्ततः बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् । लामा ०८१ साल साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । त्यसको भोलिपल्ट अर्थात् साउन ९ गते शपथ खाएका लामाले एक वर्ष ९ दिन पदमा बसेर राजीनामा दिएका हुन् ।
