खेलकै क्रममा फेरि ढले डेनमार्कका एरिक्सन
एजेन्सी – डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सन युक्रेनविरुद्धको मैत्रीपूर्ण खेल खेलिरहेका बेला अचानक मैदानमा ढलेका छन्। तर अहिले उनको अवस्था सामान्य रहेको डेनिस फुटबल संघले जनाएको छ। ओडेन्सेमा आइतबार भएको खेलको ६५औँ मिनेटमा एरिक्सन अचानक मैदानमा लडेपछि खेल रोकिएको थियो। केहीबेर उपचार गरेपछि उनलाई अस्पताल लगिएको थियो र खेल पनि रद्द गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
