तराईमा विषालु सर्पको बिगबिगी, बाघेसर्पको खतरा धेरै
नेपालगन्ज : गर्मीसँगै बर्खा सुरु भयो। तराई मधेसमा विषालु सर्पको बिगबिगी छ। त्यसैकारण विशेष सतर्क हुनुपर्ने अवस्था छ। किनभने घरआँगन, खेतबारी तथा वन–जंगलमा गोमन, करेत र बाघेसर्पको गतिविधि उल्लेख्य रूपमा बढिसकेका छन्। यस्तो जोखिम तराईमा मात्र सीमित छैन। पहाडी क्षेत्रमा पनि चन्द्रनाग, हरियो सर्प र हिमालयन करेत देखिन थालेका छन्। सर्पहरूको बढ्दो सक्रियताले स्थानीयमा त्रास बढेको छ।
