रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका शीर्ष नेता नजाने
काठमाण्ड – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका शीर्ष नेता सहभागी नहुने भएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको थियो । तर, कांग्रेस र एमालेका शीर्ष नेताहरू उक्त सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।
