कार्यक्षेत्र थप गर्दै सालपा विकास बैंक, साधारणसभा आह्वान
सालपा विकास बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते साधारणसभा आह्वान गरेको हो। साधारणसभाको विशेष प्रस्तावमा बैंकको हालको कार्यक्षेत्र बाहेक थप ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पेश हुने छन्। यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नुपरेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।
