ओलीका स्वकीय सचिवको पनि सम्पत्ति छानबिन सुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान सुरु गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको आशंकामा आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको हो । आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण फारम भराएको छ । बज्राचार्यले सम्पत्ति विवरण सम्बन्धी १३ पन्ने फारम भरेर अख्तियारमा बुझाएका हुन् ।
