SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

रास्वपा लमजुङ सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा, बहुमत नआएपछि सापकोटा सर्वसम्मत चयन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला सभापति चयन प्रक्रिया अन्ततः दोस्रो चरणमा सर्वसम्मत सहमतिबाट टुंगिएको छ । पाँच जनाबीच प्रतिस्पर्धा भए पनि पहिलो चरणमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि नेतृत्व चयन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको थियो । पहिलो चरणको मतदानमा अशोक सापकोटाले सर्वाधिक ६९ मत प्राप्त गरेका थिए।