प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८औँ बैठकका लागि सार्वजनिक कार्यसूचीमा बजेट छलफलसँगै विभिन्न महत्वपूर्ण विधेयक तथा महासन्धीहरू पेस गर्ने कार्यक्रम समावेश गरिएको छ ।
